नियम ६ग
अध्यापन अनुमति पत्र सम्बन्धी विशेष व्यवस्था
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले शिक्षक नियुक्तिको लागि न्यूनतम योग्यता पुगेका तर नियम ९ बमोजिमको तालीम नलिएका व्यक्तिलाई शिक्षक पदमा अस्थायी नियुक्ति गर्ने प्रयोजनको लागि अन्तर्वार्ता लिई सो अन्तर्वार्तामा सफल भएमा अनुसूची–२ बमोजिमको ढाँचामा अस्थायी अध्यापन अनुमति पत्र दिन सक्नेछ ।
तर त्यस्तो अध्यापन अनुमति पत्र आयोगबाट स्थायी अध्यापन अनुमति पत्रका लागि पहिलो पटक लिइएको परीक्षाको परीक्षाफल प्रकाशित भएपछि रद्द हुनेछ ।